ट्रेन्डीङ्ग

मर्गन कलेजलाई अखिल (क्रान्तिकारी )को कार्वाही किन ?

मंसिर ८ काठमाडौ ।कोरोना महामारीको बेला कक्षा १२ पढ्ने विद्यार्थी संग चर्को शुल्क लिएको भन्दै अखिल क्रान्तिकारीद्वारा काठमाडौको बसुन्धरा स्थित मर्गन इन्टरनेशनल कलेजलाई सांकेतिक कार्वाही गरेको छ ।

काठमाडौको बसुन्धारास्थित मर्गन इन्टरनेशनल कलेजले विभिन्न शिर्षक बनाइ अनावश्यक शुल्क उठाएको भन्दै कार्वाही गरेको अखिल( क्रान्तिकारि)ले जनाएको छ ।

अखिल ( क्रान्तिकारी)ले मर्गन कलेजलाई कार्वाही गर्नुका कारण बन्दै कलेज परिशरमा कालो व्यानर टागेर बिरोध प्रदर्शन कलेज तोडफोड गर्दा कलेजको झ्यालका केहि सिसाहरु फुटेका छ्न त्यस्तै प्रदशनका क्रममा अखिल( क्रान्तिकारी )का एक विद्यार्थी नेताले ओलि सरकारको प्रहरी प्रशासनको आडमा अभिभावकहरुबाट जबरजस्ति शुल्क अशुल गरीरहेको छ |

प्रहरी लगाएर विधार्थी र अभिभावकहरुलाई पक्राउ गराउने,दमन गर्ने , कक्षा १२ को परिक्षाको मौकामा बिभिन्न शिर्षकमा चर्को शुल्क अशुल गर्ने, पैसा तिर्न नसक्ने बिद्यार्थि र अभिभावकलाई कलेजको गेट्मा प्रहरी तैनाथ गरेर कलेज भित्र छिर्न नदिने , प्रबेश पत्र नदिने, जस्ता निकृस्ट गैरजिम्मेवार , हर्कत गरेकोले अखिल(क्रान्तिकारी)ले आरोप लगाएको छ ।

बिद्यार्थिबाट अनैतिक रुपमा अशुल गरीएको रकम अभिभावकहरुलाई फिर्ता गर्न र सबै बिद्यार्थिहरुलाई कक्षा १२ को परिक्षा दिने बातावरण बनाउन मोर्गन कलेजलाई आग्रह गरेका छ्न | संगठन आग्रहलाई वेवास्ता गरे अन्यथा ठुलो मुल्य चुकाउनुपर्ने र अभिभावकहरु कोरोना संकटले थिलो थिलो भएको बेला शैक्षिक माफियाहरुको लुट धन्दाका बिरुद्द कडा सङ्घर्ष गरीने चेतावनी दिएका छन ।

विद्यार्थीको शुल्क घटाउन आन्दोलनरत अभिभावक


अभिभावकहरुले कलेज प्रशासन संग विद्यार्थीको यस्तो महामारीमा कलेजले अनावश्यक चर्को शुल्क लिएको भन्दै शुल्क घटाउन पटक पटक ताकेका गरेको र आन्दोलन समेत गर्नु परेको एक अभिभावक बताउछन् ।

विद्यार्थीको शुल्क घटाउन आन्दोलनरत अभिभावक

अखिल (क्रान्तिकारी)को मर्गन कलेजलाई कार्वाही किन शिर्षकमा कालो व्यानरमा यस्तो लेखिएको छ : काठमाडौं मर्गन इन्टरनेशनल कलेज ( Morgan International College ) लाई कार्बाही किन ?
१ ) कोरोना भाइरसको नाममा प्रत्येक विद्यार्थीहरूबाट रू . ६००० असुल गरेकोले
२ ) कक्षा १२ को परीक्षाको नाममा अभिभावकबाट जर्बजस्ती शुल्क असुल गरेको र प्रहरी प्रशासन लगाई विद्यार्थीहरू माथि दमन गरेकोले
३ ) ल्याब फि , क्लास टेष्टको नाममा महङ्गो शुल्क असुल गरेकोले
४ ) पुरक परीक्षार्थीबाट महङ्गो शुल्क असुल गरेकोले ५ ) मापदण्ड विपरित विभिन्न शीर्षकमा अभिभावकबाट चर्को शुल्क असुल गरेकोले

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?