ट्रेन्डीङ्ग

नवलपरासीका १४ सामुदायिक बिधालयका २७६८ विधार्थिलाइ शैक्षिक सामाग्री वितरण

मंसिर ७ नवलपरासी । पश्चिम् नवलपरासीका ५ स्थानीय तहका १४ सामुदायिक विधालयमा अध्ययन गर्ने करिब २७६८ विद्यार्थी बालबालिकालाई स्कुल व्याग सहित शैक्षिक सामाग्री बितरण ।

पश्चिम् नवलपरासीमा चाइना फाउन्डेसनको सहयोग,रास्ट्रीय अपाङ्ग पुनर्स्थापन समाज काठमाडौको ब्यवस्थापन तथा प्रतिनिधि सभा सदस्य देवेन्द्र कण्डेलको विशेष पहलमा जिल्लाका ५ स्थानिय तहका १४ सामुदायिक बिधालयमा अध्ययन गर्ने कक्षा १-५ सम्मका करिब २७६८ बिद्यार्थी बालबालिकालाई स्कुल ब्याग तथा शैक्षिक सामग्री हस्तान्तरण गर्ने कार्यक्रम सप्पन्न भएको छ ।

शैक्षिक सामाग्री वितरण कार्यक्रम अन्तर्गतको आज पहिलो चरणमा जगन्नाथ मा.बि,सुनवल -१२,धान्यान्चल मा.बि,सुनवल-१३, जनज्योती प्रा.बि,सुनवल-७, ज्योती मा.बि-सुनवल-७, जनता मा.बि,रामग्राम-१४,जनता मा.बि.,रामग्राम-१५, बुद्ध ज्योती प्रा.बि,रामग्राम-१६, हरि सुशील प्रा.बि,रामग्राम-३गरि ८ सामुदायिक बिधालयमा शैक्षिक सामाग्री वितरण गरिएको थियो भने बाकी रहेका उत्तम बालहित मा.बि,रामग्राम-७, शिव प्रा.बि.,पाल्हिनन्दन-२,मदरशा गौशिया प्रा.बि.सरावल-४, महेन्द्र मा.बि.,सरावल-३, सुबन्षी कन्या मा.बि.,-सरावल -२ गरि ६ वटा सामुदायिक बिधालयमा भोलि वितरण गरिने शैक्षिक सामाग्री आगामी दिनमा पनि निरन्तरता दिने कार्यक्रम रहेको प्रतिनिधि सभा सदस्य कण्डेलका स्वकीय सचीव कमल किशोर रायमाझीले बताए ।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा देवेन्द्र राज कण्डेलको प्रमुख आतिथ्यतामा ,लुम्बिनी प्रदेश सद्स्य मा.बैजनाथ जैसवाल,जिल्ला समन्वय प्रमुख श्री शिव शन्कर राय,नेपाली काङ्ग्रेस जिल्ला सभापती श्री बिष्णु पौडेल ,रामग्राम न.पा.उपप्रमुख श्री रम्भा कुवर,सम्बन्धित वडा जनप्रतिनिधि,राजनैतिक दल प्रतिनिधी,पत्रकार तथा सम्बन्धित बिधालय शिक्षक तथा अभिभावकज्युहरुको उपस्थित रहेको रायमाझीले वताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?