ट्रेन्डीङ्ग

प्रयास बचत तथा ऋण सहकारीको चौधौं वार्षिक साधारण सभा सम्पन्न

प्रदिप ज्ञवाली,असोज २३,सैनामैना । प्रयास बचत तथा ऋण सहकारी संस्था बुटवल १२ तामनगरको चाैधाै वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाले आज एक कार्यक्रमको आयोजना गरि वार्षिक साधारण सभा सम्पन्न गरेको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख गुणाखर खनालले विभिन्न आरोहअवरोह पार गर्दै प्रयास सहकारी पश्चिम बुटवलको अब्बल सहकारी बनेको बताउनु भएको छ।प्रमुख अतिथि खनालले अवका दिनमा यस संस्थाले अन्य सहकारीसङ्ग मर्जर गरि अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि बुटवल १२ का वडा अध्यक्ष दुर्गा सुवेदीले शुभकामना राख्नुभएको थियो भने अध्यक्ष भिम बहादुर थापा,सचीव प्रकाश मणि खनाल,कोषाध्यक्ष मोहन शर्मा पाण्डे र लेखा संयोजक नारायण शर्माले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा निबर्तमान अध्यक्ष सुर्य बहादुर राना,निबर्तमान उपाध्यक्ष होमनाथ पौडेल,निबर्तमान सचीव देवराज पौडेल,पुर्व संचालक लोक प्रसाद भण्डारी,जेष्ठ नागरिक गन बहादुर सुस्लिङ, असल बचत कर्ता रण बहादुर चौधरी , असल ऋणि राम बहादुर पुन, उत्कृष्ट कर्मचारी वयवस्थापक प्रदिप पौड्याल,बजार प्रतिनिधि निर्मला पौडेललाई सम्मान गरिएको थियो भने सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीद्वय समीर सुनार र सन्ध्या परियारलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

सहकारीमा हाल जम्मा शेयर सदस्य ८५६ जना हुनुहुन्छ भने सहकारीको ८ करोड पुजी रहेको छ ।

उक्त कार्यक्रम भिमबहादुर थापाको अध्यक्षता,बुटवल उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख गुणाखर खनालको प्रमुख आतिथ्यता,बुटवल उपमहानगरपालिका १२का वडाअध्यक्ष दुर्गा सुवेदीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
उपाध्यक्ष इश्वरी प्रसाद रेग्मीको स्वागत तथा संस्थाका सचिव प्रकाशमणि खनालको सञ्चालनमा हिमचुली पार्टी प्यालेस तामनगरमा कार्यक्रम सम्पन्न भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal