ट्रेन्डीङ्ग

जनपत्रकार संगठन नेपालको लुम्बिनी प्रदेश सम्मेलन आज हुदै

१० असोज,घोराही । जनपत्रकार संगठन नेपाल लुम्विनी प्रदेशको दाङको घोराहीमा आज प्रथम प्रदेश सम्मेलन सुरु हुदैछ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो प्रतिवद्धता,मानवअधिकारको रक्षा र सामाजिक उत्तरदायित्वका लागि जनपत्रकारिता भन्ने मुलनाराका साथ प्रथम प्रदेश सम्मेलन सुरु हुन लागेको हो ।

सम्मेलनको उद्घाटन सत्र विहान ११ वजेवाट सुरु हुने आयोजक समितिले वताएको छ ।

सम्मेलनमा सहभागी हुने अतिथि,प्रतिनिधि पर्यवेक्षकहरु सवै दाङको घोराहीमा पुगिसकेका छन। संगठनका केन्द्रीय संयोजक शेर वहादुर विश्वकर्मा र संगठनका केन्द्रीय सदस्य वसन्त विक शनिवारनै घोराही पुगिसक्नु भएको थियो ।सम्मेलनको सम्पूर्ण तयारी पुरा भइसकेको जनपत्रकार संगठन दाङका अध्यक्ष हेमन्त वलीले वताउनु भयो ।                                 

 जनताको पक्षमा कलम चलाउने पत्रकारहरु उत्पादन गर्ने उद्देश्य राखेर जनपत्रकार संगठनको प्रदेश सम्मेलन हुन लागेको हो । संगठनको निकट भविष्यमा हुन लागेको राष्ट्रिय सम्मेलनको तयारीका लागि पनि जिल्ला स्तरिय भेला,सम्मेलन सक्दै प्रदेश सम्मेलनमा जनपत्रकार संगठन आइपुगेको छ । सम्मेलनले नयाँ विचार सहित नेतृत्व निर्वाचित गर्नेछ । यसअघि जनपत्रकार संगठनको कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सम्मेलन भइसकेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal