ट्रेन्डीङ्ग

बाल संजालद्वारा सुनवलका नवआगन्तुक प्रशासकीय अधिकृत नागिलालाई स्वागत

खेमानन्द पौडेल,असोज ७ सुनवल।सुनवल नगरपालिकाका नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलालाई बाल संजाल सुनवलले स्वागत गरेको छ ।बाल संजाल सुनवलले एक कार्यक्रम बिच नवआगन्तुक प्रशासकीय अघिकृतलाइ स्वागत गरेको हो।

स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रशासकीय अधिकृत नागिलाले”सुनवलको बालमैत्री पहिचान र बालमैत्री स्थानीय शाशन दिगोपनाका लागि आफू सधै लागिरहने र बालबालिकाको लागि प्रमुख प्रशासकीय अधिकृत मात्रै नभएर एक असल मित्र र अभिभावकको रुपमा प्रस्तुत हुने प्रतिबद्धता जनाउनु भयो।कार्यक्रममा बालमैत्री सम्पर्क ब्यक्ति चुरामणी नेपाल,नगर बाल सहजकर्ता सुम्निमा पन्थी,बालमैत्री स्वयंसेवक,बाल संजालका पदाधिकारी लगायतको उपस्थिति भएको बाल संजाल अध्यक्ष घिमिरेले बताए ।

कार्यक्रम बाल संजाल सुनवलका अध्यक्ष कृष्ण घिमिरेको अध्यक्षता, बाल संजाल सदस्य तारा डुम्रेको स्वागत र बाल संजाल सुनवलका सहसचीव आशिष पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal