ट्रेन्डीङ्ग

अखिल (क्रान्तिकारी)द्वारा जनप्रदर्शन र कोणसभा

काठमाडौ मंसिर ७ ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी)को आयोजनामा काठमाडौ लगायत विभिन्न स्थानमा सातौँ पार्टी पुनर्गठन दिवस सफल पार्न कोणसभा सम्पन्न भएको छ ।

पार्टीको केन्द्रीय कार्यक्रम अनुसार सातौँ पार्टी पुनर्गठन दिवसलाई सफल पार्न गरिएको कोणसभामा Ctevt जिल्ला र पुर्वान्चल उपत्यका नेतृत्वमा Ctevt संयोजक डिवी चन्दको संचालन र पुर्वान्चल क्षेसस संयोजक लोकेन्द्र सार्की मन्तव्य तथा शुभकामना दिनु भएको थियो ।

त्यस्तै काठमांडौ जिल्लामा जिल्ला अध्यक्ष गोविन्द विष्टले संचालन तथा संगठनका ईन्चार्ज मदन चन्दले मन्तव्य राख्नु भयो ।
ललितपुर जिल्ला र क्याम्पस जिल्ला आयोजनामा ललितपुरको ग्वार्कोमा क्याम्पस जिल्ला अध्यक्ष तारा संज्यालको संचालन तथा संगठनका केन्द्रीय सदस्य नवराज भट्टले संवोधन गर्नु भएको थियो।
पोखरा उपत्यका जिल्ला, केयू जिल्ला र टियू ज़िल्लाको आयोजनामा किर्तिपुरको त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस प्राङ्गणमा सभा सम्पन्न भएको छ जसको संचालन संगठनका केन्द्रीय सदस्य ललित विक र संबोधन केन्द्रीय सचिवालय सदस्य पुष्प न्यौपानेले सम्बोधन गर्नु भएको समाचार प्राप्त भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?