ट्रेन्डीङ्ग

नेकपा गौरादहको प्रथम नगर भेला सम्पन्न

प्रविण विद्रोही,झापा ,२८ भदौ । नेपाल कम्युनिस्ट पार्टी झापाको गाैरादह नगरपालिकाकाे प्रथम नगर भेला सम्पन्न भएको छ।

पार्टीका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज सुमन लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न नगर भेलामा पार्टीका जिल्ला सचिव प्रशान्त थापा र कार्यालय सचिव सञ्जय राईको आतिथ्यता रहेको थियोे ।

उक्त नगर भेलालाई सम्बोधन गर्दै पार्टीका जिल्ला इन्चार्ज लिम्बूले नवगठित नगर कमिटीलाई बधाई तथा शुभकामना दिँदै जनताको घरघरमा नेपाल कम्युनिस्ट पार्टीको विचार सिद्धान्त लिएर जान आग्रह गरेका छन्,। लिम्बूले अबको देशको भाग्य र भविष्य निर्धारण गर्ने एकमात्र बाटो भनेको बैज्ञानिक समाजवादी व्यवस्था रहेको भन्दै समाजवाद प्राप्तिका लागि पार्टी जस्तोसुकै संघर्ष गर्ने उल्लेख रहेको बताए ।

नगर इन्चार्ज विज्ञानको अध्यक्षतामा सम्पन्न प्रथम नगर भेलाले भानुलाई सचिव चयन गर्दै १७ सदस्यीय नगर कमिटी गठन गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal