२०७७ साल मंसिर ११ र १२ गते राष्ट्रीय भिटामिन “ए“ जुकाको औषधि र बाल भिट्टा वितरण कार्यक्रमलाई सफल पार्नको लागि कृष्णनगर नगरपालिका भित्र रहेको ११४ महिला स्वास्थ्य स्वयंसेविकाहरुको लागि माक्स, सानिटाइजर कालिका स्वावलम्बन सामाजिक केन्द्रर सुआहारा दोस्रो कार्यक्रमले स्वास्थ्य शाखा लाई हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रम मा नगरपालिका स्वास्थ्य शाखा का नवीन डाँगी , ःल्ऋ पृथीपाल तेली, ऋल्ँ तथा संचारकर्मीहरुको उपस्थिति रहेका थिए ।
यह अघि कात्तिक महिनामा नै भिटामिन ए र जुकाको औषधि खुवाउने गरिए पनि यस पटक कोरोना भाइरसको जोखिमका कारण पछाडि धकेलिएको हो।
सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाउने अभियान चलाउँदै आएको छ । तर यस पटक कोरोनाको जोखिमका कारण वैशाख महिनामा कार्यक्रम हुन सकेन ।६ महिनाको अन्तरमा जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउनुपर्ने डाक्टरहरु ले बताउदै छन ।