ट्रेन्डीङ्ग

बर्दघाटमा नेकपाद्वारा एमसिसी सम्झौताको विरुद्ध बिरोधसभा

भदौ २३ बर्दघाट । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नवलपरासीको बर्दघाटमा एमसिसि सम्झौताको बिरोध गर्दै कोणसभा सम्पन्न गरेको छ ।

नेकपा बर्दघाट नगर कमिटीको आयोजनामा बर्दघाट चोकमा एमसिसी सम्झौताको विरुद्ध बिरोध गर्दै कोणसभा गरेको छ। कोणसभालाई सम्बोधन गर्दै नगर कमिटी सदस्य गणेशले”अमेरिकी सहयोग एमसिसी सम्झौता देशको हितका नरहेको भन्दै खारेज गर्न माग गरे,एमसिसी देश भन्दा माथि राखेर सम्झौता गरेका छ त्यसैले कुनै पनि हालतमा खारेजका लागि अपिल गरे यद्यपि पास भएमा नेतालाई कार्वाही गर्ने चेतावनी दिएका छन।

गणेशले फरक प्रसंगमा बोल्दै”बर्दघाट चिसापानीमा रहेको जग्गामा कसैले हस्तक्षेप नगर्न आग्रह गर्दै अवैधानिक तरिकाले जग्गा कब्जा गर्न खोज्नेलाइ कार्वाही गर्ने चेतावनी दिएका छन।

कोणसभाको कार्यक्रम संचालन विघटनले गर्नु भएको जिल्ला सचिवालय एवं बर्दघाट नगर इन्चार्ज प्रतापले जानकारी दिनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal