ट्रेन्डीङ्ग

एम सि सि खारेज लगायत विभिन्न माग गर्दै संयुक्त २१ दलद्वारा मंसीर ७ गते बिरोध प्रदर्शन गर्ने

काठमाडौं । कम्युनिस्ट बिचार धारा बोकेका २१ दल तथा संगठनहरुको गठबन्धनले आगामी मंसीर ७ गते सातै प्रदेशमा बाहय हस्तक्षेप र आन्तरिक गडबडीका बिरुद्ध प्रदर्शन गर्ने भएको छ । २१ दलीय गठबन्धनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सहित उखु किसानको बक्यौता लगायत राष्ट्रियता जनतन्त्र र जनजीविका बिषयलाइ लिएर विरोध प्रदर्शन गर्ने भएका हुन्।

हिजो बिहीबार कार्तिक २७ बसेको गठबन्धनको बैठकले मंसिर ७ गते काठमाडौंको माईतीघरमा प्रदर्शन गर्ने निर्णय गरेको हो। एमसिसी खारेज हुनुपर्ने लगायतका माग राख्दै गठबन्धनले सातै प्रदेशका एक-एक ठाउँमा प्रदर्शन गर्ने तयारी गरेको छ।

बिरोध कार्यक्रममा एमसिसी खारेज हुनुपर्ने, भारतले अतिक्रमित गरी कब्जा गरेको कालापानी, लिम्पियाधुरा, लिपुलेक, महेशपुर क्षेत्र फिर्ता गर्नुपर्ने, कोरोना उपचार र परीक्षण निःशुल्क गर्नुपर्ने, तराईका उखु किसानको बक्यौता रकम तुरुन्त दिलाउनुपर्ने गठबन्धनको माग रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?