ट्रेन्डीङ्ग

रुपन्देहीमा नेकपाका युवा र विधार्थीको प्रदर्शन,राष्ट्रघात स्वीकार हुदैन

भदौ १९ रुपन्देही । नेपाल कम्युनिस्ट पार्टीको निकट युवा सङ्गठन नेपाल,रुपन्देही र विद्यार्थी सङ्गठन अखिल(क्रान्तिकारी)रुपन्देहीको आयोजनामा भारतीय साम्राज्यवादी हस्तक्षेप विरुद्ध बुटवलमा विरोध प्रदर्शन गरेको छ ।

रुपन्देही जिल्लाको बुटवलस्थित ट्राफिकचोकमा नेपाली सिमा क्षेत्रमा भारतीय हेलिकप्टरको हवाई गस्ती,भारतीय विदेश मन्त्रालयका प्रवक्ताको नेपाल प्रतिको हेपाहा अभिव्यक्ति र जयसिंह धामीको हत्याको विरुद्धमा उक्त विरोध प्रदर्शन गरिएको अखिल(क्रान्तिकारी)रुपन्देही अध्यक्ष इन्दु ओलिले बताइन ।

कार्यक्रममा नेकपाका युवा नेता तथा ओमसतिया-रोहिणी गाउँपालिका सेक्रेटरी शिशिरले भारतीय शासक वर्गहरू यो वा त्यो बाहनामा नेपालको राष्ट्रियता,राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताका विरुद्धमा निर्मम ढङ्गले प्रस्तुत हुने गरेको बताए।उनले भारतीय साम्राज्यवादी हस्तक्षेप आफूहरूलाई स्वीकार्य नभएको र त्यसको विरुद्ध निर्मम तरिकाले सङ्घर्ष र प्रतिरोध गर्ने बताए ।

शिशिरले भारतीय शासक वर्गले दिएको नेपाल र नेपाली नागरिकप्रतिको हेपाहा अभिव्यक्ति कदाबी रुपमा मान्य नभएको भन्दै आफ्नो पार्टीले त्यसको शसक्त रुपमा प्रतिकार गर्ने बताए।उनले नेपालका दलाल संसदीय व्यवस्थाका मतियार र नाइकेहरूको भारतीय दादागिरी हेरेर मात्र बस्ने र विदेशिको गुलाम बन्ने शिवाय केहि काम नभएको बताए।उनले भने– ‘विगतमा भन्नुहोस् वा अहिले भन्नुहोस् नेपाल र भारतको सिमा नाकामा देखिएका समस्याहरू र भारतले नेपालको भूमिमाथि गरेको अतिक्रमण विरुद्ध हाम्रो पार्टीले देशव्यापी रुपमा डटेर सङ्घर्ष र प्रतिरोध गरेको छ।’

अखिल(क्रान्तिकारी)केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र विकले भारतीय हेपाहा प्रवृत्ति र भारतको दादागिरी विरुद्ध नेपालका संसद्वादी दलहरूमा मतैक्यता पाइएको र भारतको इसारामा नेपालका दलालहरू नाँचिरहेको बताए ।

विकले जयसिंह धामीको हत्याको घटनाबाट दलाल सरकार पन्छिएको भन्दै त्यसको विरुद्ध आफ्नो पार्टी-सङ्गठनले भण्डाफोर गर्दै आइरहेको बताए । उनले नेपालको संसदवादलाई घुँडा टेकाएरै छोड्ने र अबको नेपाल विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेतृत्व गरेको नेपाल हुने विचार व्यक्त गरे ।

विकले प्रगतिशील सरकार निर्माण गरि जनमत सङ्ग्रहको तत्काल घोषणा गर्न माग गर्दै सबै आम नेपाली जनसमुदायलाई वैज्ञानिक समाजवादको पक्षमा जनमत निर्माण गर्न र राजनीतिक वातावरण तयार पार्न अपिल गरे ।

कार्यक्रममा जिल्ला पार्टी तथा सबै जबस/मोर्चाका नेताकार्यकर्ता, बुद्धिजीवी, व्यापार, व्यवसायी लगायतको सहभागिता रहेको वलिले बताइन् ।

पुष्पलाल पार्कदेखि ट्राफिकचोकसम्म लगाइएको विरोध र्यालीमा भारतीय साम्राज्यवाद मुर्दावाद !, दलाल संसदीय व्यवस्था मुर्दावाद !, दलालहरू होसियार !, वैज्ञानिक समाजवाद जिन्दावाद !, एकीकृत जनक्रान्ति जिन्दावाद !, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद !,अखिल (क्रान्तिकारी) जिन्दावाद !, युवा संगठन नेपाल जिन्दावाद !, जनमत सङ्ग्रहको घोषणा गर ! लगायत नाराहरू लगाइएको थियो ।

युवा सङ्गठन नेपाल रुपन्देही जिल्ला अध्यक्ष सन्तोष सुवेदीको सञ्चालनमा उक्त विरोध प्रदर्शन कार्यक्रम समापन भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?