

भदौ ३ उदयपुर । उदयपुरको ऐतिहासिक ठाउँ उदयपुरगढिमा शान्ति,स्वाधीनता र समृद्धिको लागि संयुत्त प्रगतिशील सरकार,जनमत सङ्ग्रह र बैज्ञानिक समाजबाद भन्ने नारासहित नेपाल कम्युनिस्ट पार्टीको उदयपुरगढि गाउँपालिकाको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
भेलालाइ प्रशिक्षित गर्दै प्रमुख अतिथि लक्ष्मण पौड्यालले नेपालि राजनीतिमा उदयपुरगढिको महत्वपूर्ण भुमिकासहितको इतिहास रहेको र फेरि एकपटक त्यो बिरासतसहित नयाँ ढंगले एकताबद्ध हुनुपर्ने आबश्यकता रहेकोले त्यो आबश्यकता उदयपुरगढिले पुरा गर्नु पर्ने बताए।
नेपालमा भएको पटक पटकको संघर्षले प्राप्त गरेको उपलब्धि नेताहरुले रद्दीको टोकरिमा फालिएकोकारण क्रान्ति अधुरो रहेको बताउनु भयो।
प्रचण्ड र बाबुरामले वर्गसंघर्ष मार्फत संसदीय ब्यबस्थाको अन्त्यको लागि जनतालाइ जनयुद्धमा होमेर सत्र हजारको बलिदानि भएता पनि जुन बर्ग र सत्ताको विरुद्ध लडाइ थियो उनिहरु सङगै घाटि मिलाउन पुगेको जसकारण क्रान्ति रहेको अपुरो छ।त्यसैले अहिले सम्पुर्ण हिसाबले संसदीय पुजीवादी ब्यबस्था फेल भएको पुष्टि भएकोले अब त्यसको बिकल्पमा अनिवार्यरुपमा बैज्ञानिक समाजबादमा जानु पर्ने र त्यो दिशामा समग्र जनता लाग्न जोड दिनुभयो।
अन्तमा पार्टी सरकार संग तिन बुदे सहमतिपछि खुल्ला परिवेशमा आएयता केहि राजनितिक दल र तिनका नेता कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीप्रति भ्रम सिर्जना गर्दै हिडेको कारण कोहि पनि भ्रममा नपर्न र भ्रम सिर्जना गर्नेलाइ समेत यस्तो हर्कत बन्द गर्न सचेत गराउनु भयो।