ट्रेन्डीङ्ग

कांग्रेस उपसभापति गिरीको अर्धकद शालिक अनावरण

भदौ २ परासी।नेपाली कांग्रेस पश्चिम नवलपरासीका उपसभापति शुभाष चन्द्र गिरिको अर्धकद शालिकको अनावरण गरिएको छ। रामग्राम -८लोहसडामा एक कार्यक्रम बिच शालिकको अनावरण गरिएको हो।

उपसभापति गिरीको सम्झनामा अर्धकद शालिकको आज प्रथम बार्षिक पुण्य तिथिका दिन कांग्रेस केन्द्रिय सदस्य एवं मा.देवेन्द्र कण्डेलले शालिकको अनावरण गर्नु भएको हो ।

शालिकको समुद्घाटन गर्दै प्रमुख अतिथि कण्डेलले अत्यन्त मिलनशार, मृदुभाषी र सधै काममा लागि रहने व्यक्तित्व गुमाउनु पर्दा सिंगो पार्टि दुखि भएको बताउदै उहाले हामीहरुले पार्टी पार्टि भनेर जति चिच्चाए पनि समाज विकासका लागि केही गर्न सकिएन भने त्यो उपलब्धि मुलक नरहने हुनाले समाज सुधारका लागि सवैलाई अग्रसर रहन आग्रह गर्दै समवेदना मन्तव्य व्यक्त गर्नुभयो ।

रामग्राम नगरपालिका वडा नं ८ का वडाअध्यक्ष महेन्द्र प्रसाद ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सभापति विष्णु प्रसाद पौडेल, जसपा नेता मुकुरजी गिरी, जसपा जिल्ला अध्यक्ष धरेन्द्र यादव,स्वतन्त्र राजनितिक समुह जिल्ला संयोजक राधेरमण पाण्डे, नेपाली कांग्रेसका उपसभापति अनिल गौड, रामग्राम नगरपालिका उपप्रमुख रम्भा कुवर, कृषक हकहित संरक्षण मन्चका शम्भु उपाध्याय लगायतले समवेदना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो शालिक २०७८ जेठ २८ गते रामग्राम नगरपालिका वडा नं ८ का वडाध्यक्ष महेन्द्र प्रसाद ठाकुरबाट शिलान्यास गर्नु भएको थियोे।शालिक निर्माणका लागि सांसद विकास कोषबाट माननिय कण्डेलबाट १० लाख विनियोजन गरिएको थियो ।

गिरि बिजय कुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम र कांग्रेस बीच एकता प्रस्चात उपसभापति बनेका थिए । गिरि गत बर्ष कोभिड संग्रमण भइ उपचारका क्रममा  ललितपुर स्थिति अस्पतालमा निधन भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?