ट्रेन्डीङ्ग

नेकपा त्रीयुगा नगरको भेला एवं प्रशिक्षण सम्पन्न,कांग्रेस माओवादी एमाले पार्टीबाट दुई दर्जन प्रवेश

साउन ३१ उदयपुर ।
नेपाल कम्युनिस्ट पार्टीको उदयपुर जिल्ला अन्तरगत त्रियुगा नगर समितिको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। करिब दुइ सयको उपस्थिति रहेको कार्यक्रम उदयपुर जिल्लाको सदरमुकाम गाइघाट बजारमा सप्पन्न भएको कार्यक्रममा अन्य पार्टीमा कृयाशिल रहनु भएको एघार स्थानीय नेताहरु नेपाल कम्युनिस्ट पार्टीमा धुर्विकरण हुनुभएको छ।

ध्रुबिकरणको प्रक्रियामा नेपालि काङ्ग्रेसबाट गुरु बहादुर बस्नेत, बिमला खत्रि ध्रुबिकृत हुनुभएको छ। एमालेबाट उर्मिला कार्कि, दिपक बस्नेत र माओवादी केन्द्रबाट सबिना राइ, डम्बरि राइ, सरिता नेपालि रहेका छ्न भने कमल बहादुर राउत र किशोर मगर स्वतन्त्र रहनु भएका व्यक्तिहरु ध्रुवीकरणमा आउनु भएको कुरा जिल्ला पार्टीको कार्यालय सचिब दुर्गा तामाङले बताउनु भयो। ध्रुबिकृत भएर आउनु भएकालाइ प्रमुख अतिथि र अतिथिहरुले दोसल्ला र अबिर लगाएर स्वागत गर्नु भयो। उक्त कार्यक्रमको अध्यक्षता नगर पार्टी इन्चार्ज मिन प्रसाद पोख्रेलले गर्नु भएको थियो भने प्रमुख अतिथि जिल्ला पार्टी सेक्रेटरी लक्ष्मण पौड्याल रहनु भएको थियो।

प्रमुख अतिथि पौड्यालले कार्यक्रममा बोल्दै देश अहिले दलाल पुजीवादी सत्ताको कारण गम्भिर संकटमा परेको छ त्यसैले निकासका लागि दलाल पुजीवादी सत्ताको ठाँउमा बैज्ञानिक समाजबादि सत्ता,संसदीय सरकारको ठाँउमा संयुत्त प्रगतिशील सरकार र संसदिय निर्वाचनको बिकल्पमा ब्यबस्था छान्ने जनमत संग्रहमा जानु अहिलेको अग्रगामी र दीर्घकालिन निकास रहेको धारण प्रस्तुत गर्नु भयो। पार्टीको यो बिचार सबै जनताको माझ पुर्याइ जनतालाइ संगठित गरेर छिट्टै नेपालमा बैज्ञानिक समाजबाद स्थापना हुने बिश्वास व्यक्त गर्नुभयो।राज्य सत्ताको भ्रुण भएको पार्टीलाइ आत्मानिर्भर बनाउन नेता कार्यकर्तालाइ श्रम उत्पादनमा जोड्ने, पार्टी नितिलाइ दर्होसंग पकड्ने र त्यसले देश, जनतालाइ आत्मानिर्भर र स्वाधीनता बनाउने बिचार राख्नुभयो।

कार्यक्रमको अन्तमा राज्यले नेकपासंग गरेको तिन बुदे सहमति इमान्दार पुर्बक कार्यन्वयन नगरे जनताको संघर्षबाट सडक बाटै फैसला गर्ने चेतावनि समेत दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal