पश्चिम नवलपरासीको सरावल गाउपालिका वार्ड नं. १ नयाटोल रजाहा स्थित सोमनाथ महादेव मन्दिर परिसरमा बिहिबार राम मन्दिरको शिलन्यास भएको छ । मन्दिर निर्माण समितिका अध्यक्ष गोकुल मणि भण्डारीको अध्यक्षता एवं संघिय सांसद देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यता र सरावल गाउपालिका अध्यक्ष राधेश्याम चौधरीको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि कण्डेलले यो क्षेत्र धार्मिक हिसाबले उत्कृष्ट रहेको हुदा यस क्षेत्रलाई धार्मिक वन तथा धार्मिक पर्यटकिय स्थल निर्माण गर्नका लागी राम मन्दिरको शिलन्यास ले राम्रो भुमिका खेलेको बताउदै उक्त मन्दिर छिटै निर्माण हुने र निर्माण कार्यमा आफ्नो पुर्ण सहयोग रहने बताउनु भयो ।