ट्रेन्डीङ्ग

अर्घाखाँचीको महेन्द्र बिद्याबोध मावि कक्षा ११ मा अध्ययनरत विद्यार्थी आन्दोलित

साउन २४ अर्घाखाँची । अर्घाखाँची जिल्लाको छ्त्रदेव गाउपालिका वाड नम्बर ४ बलकोटमा रहेको महेन्द्र बिद्याबोध माध्यमिक बिद्यालय कक्षा ११ मा अध्ययनरत विद्यार्थीले कोरोना कहरको शुल्क लिन खोजेको भन्दै आन्दोलन गरेका छन ।


विधलायले शैक्षिक शत्रको ५ महिना अध्यापन गरेको र कोरोनाको दोस्रो लहरका कारण बिद्यालय बन्द भएको र अन्य बिद्यालयद्वारा विभिन्न माद्यम अपनाइ अध्यापन गराइ कोर्स सकेता पनि यस बिद्यालयले कुनै पनि चासो नदिएको विद्यार्थीहरुको भनाइ छ।


विधार्थीद्वारा नपढेको महिनाको शुल्क नदिने ,न कोर्ष नै सकिएको छ न परिक्षा लिएको छ यस्तो बेला कसरी शुल्क दिने? हामिले अध्यापन गरेको महिनाको शुल्क दिन तयार छौ तर हामिलाइ नपढाइ मासिक शुल्क लिन लाज लाग्दैन बिधार्थीले शिक्षक र विधालय समितिलाइ प्रश्न गरेका छ्न !


बिधालयलाई भर्ना हुदा नै ६ महिनाको मासिक शुल्क बुझाइ सकेको एक बिद्यार्थीले बताए । तर बाकी मासिक शुल्क नदिएको खण्डमा बिधालयले परिक्षा फल प्रकाशन नगर्ने  धम्की दिने गरेको बताउछ्न।

बिधार्थीहरुद्वारा हस्ताक्षरित गरि प्राध्यापक मार्फत  बिधालय व्यवस्थापनलाई पत्र पठाए पनि कुनै चासो नदिएको विधार्थीले बताए । बारम्बार बैठक बस्न भनेपनि १ महिना हुदा समेत बिद्यार्थीको समस्या बारे समाधान खोज्ने बैठक बस्न भनेता पनि बैठक बस्न नखोजेको बताए ।शुल्क बारे शिक्षक , बिधालय र बिधालय व्यवस्थापन समितिले कुनै पनि चासो नदिनु विधार्थीको भविष्य माथीको खेलवाड होइन र ?

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal