ट्रेन्डीङ्ग

विप्लव नेकपा दाङद्वारा चौधरी परिवारलाई घर हस्तान्तरण

हेमन्त वली साउन २२,दाङ ।नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाको लमही नगरपालिका-३ जखेरा टिकुलीगढ स्थित सुकुम्बासी बस्तीमा बसोबास गर्ने अति विपन्न रुकमान चौधरी परिवारको आवास निर्माण सम्पन्न गरि शुक्रवार हस्तान्तरण गरेको छ।शुक्रबार आवास हस्तान्तरण कार्यक्रमको आयोजना गरि चौधरी परिवारलाइ घर हस्तान्तरण गरिएको हो।
आवास हस्तान्तरण कार्यक्रमलाइ सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले पार्टी निरन्तर निर्माण,जनसेवा र श्रमदानमा जुटिरहेको बताए।उनले नेपालको संसदवादी राजनितिमा असहाय,गरिब,सुकुम्बासी लगाएत सबै नागरिकहरु प्रति राज्यको दृष्टिकोण ठिक नभएको बताए।

इन्चार्ज शितलले बिगतमा सुकुम्बासी बस्तीलाई जबर्जस्त नियन्त्रणमा लिन खोजेको बेला आफ्नो पार्टी र स्थानिय जनताको बलमा बस्ती जोगाएको स्मरण गर्दै बस्तीले वर्गसंघर्षको पहिचान बोकेको बताए।

एक अर्को प्रसंगमा नेता शितलले आफ्नो पार्टी नेपालको राजनितिक,आर्थिक,सांस्कृतिक,सामाजिक समस्याहरुको समाधान सम्बाद छलफलद्वारा समाधान गर्न तयार रहेको बताए। जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाइ दिन नेता शितलले माग गरे।उनले भने,”व्यक्ती र सासंद पटक-पटक छान्यौ,एकपटक व्यवस्था छान्ने अधिकार जनतालाइ दिउ”। इन्चार्ज शितलले संसदीय व्यवस्था कि बैज्ञानिक समाजवाद भन्ने बिसयमा जनमतसंग्रह भए जनताको अत्याधिक मत बैज्ञानिक समाजवादको पक्षमा हुने बिश्वास ब्यक्त गरे।

कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला विशेष कमिटी सदस्य तथा कार्यक्रममा अतिथि समेत रहेका नेता बिक्रमले बैज्ञानिक समाजवादको पक्षमा जनलहर बढिरहेको बताए।उनले निकट भबिस्यमै नेपालमा नेपाली जनताको आफ्नै शासन,बैदेशिक हस्तक्षेप मुक्त,स्वतन्त्र,शान्त,समृद्ध,स्वाधिन मुलुकको परिकल्पना साकार हुने वताए।

नेकपा दाङ जिल्ला कमिटी सदस्य उज्ज्वलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपा दाङ जिल्ला सल्लाहकार कमिटी सदस्य तथा स्थानिय अगुवा सौनी र मधुसूदनले शुभकामना मन्तव्य राखेका थिए।नेकपा लमही नगर इन्चार्ज जनकले संचालन गरेको कार्यक्रमको अध्यक्षता पार्टी जिल्ला सेक्रेटरी प्रदिपले गरेका थिए। विपन्न चौधरी परिवारको घर निर्माण जिल्लाका व्यापारी,समाजसेवी,विभिन्न सामाजिक व्यक्तित्वहरुको नगद तथा जिन्सी सहयोगमा र नेकपा दाङका नेता-कार्यकर्ताको श्रमदानमा सम्पन्न भएको हो।

आवास हस्तान्तरण कार्यक्रममा नगद तथा जिन्सी सहयोग गर्ने सहयोगिहरुलाइ नेकपा दाङले सम्मान पत्र सहित सम्मान गरेको छ।
कार्यक्रममा धन्यवाद मन्तव्य अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य तथा राप्ती समन्वय समिती संयोजक डिल्लीले राखेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?