ट्रेन्डीङ्ग

विप्लव नेकपा दैलेखद्वारा २० घरपरिवारलाई खाद्यान्न वितरण

कार्तिक ११ दैलेख । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दैलेख ले गत भदौ २ गते अविरल बर्षा पछी बाढी पहिरोले समस्या परेका ठांटिकांध गापा ,आठबिस नपा र बिन्द्रासैनी नपाका २० घरधुरिलाइ खाधान्न सामाग्री वितरण गरेको छ । नेकपा दैलेखले ठाँटीकाँध गाउँपालिका बडा नं ४ गैरेगाउँका टीकाराम कठायत,दान बहादुर कठायत,बल बहादुर नेपाली,लिला नेपाली,कर्ण बहादुर कठायत,रण बहादुर शाही र मन बहादुर बि.क आठबिस नगरपालिका बडान.१सात्तलाका केशब नेपाली,कुल बहादुर बि.क,हर्क बि.क,माहादेव खनाल र चुर्कुलो बि.क चामुन्डा विन्द्रासैनी नगरपालिका बडानं७ लयाँटी बिन्द्रासैनीका जगतशाही,मोती शाही,जनक शाही,धिर बहादुर शाही र वडानं९का भुपेन्द्र शाहीलाई लगायत विस घरधुरी बाढीपिडित परिवारलाई राहत स्वरुप चामल ,दाल र तेल वितरण गरेको छ।गत भदौ २ गते परेको अविरल वर्षाले दैलेखका विभिन्न ठाउँमा बाढी पहिरो आउँदा मानवीय र भौतिक क्षति भएको थियो।पार्टीमाथि लगाईएको राजनितिक प्रतिवन्धका विच पनि केहि समय अगाडी दशैमा हुने भिडभाडमा कोभिड संक्रमण बढ्न सक्ने भन्दै नेकपा दैलेखले थोरै भए पनि जिल्लाको पहलमा राहत स्वरुप सेनिटाईजर र मास्क बितरण गरेको थियो। आज जिल्लाका वाढी पिडित प्रत्येक धरधुरीलाई राहत रुपमा ३० केजीको एक एक बोरा चामल,दाल र तेल वितरण गरिएको र यसले जनता र पार्टीको सम्बन्ध थप प्रगाढ भएको जानकारी नेपाल कम्युनिस्ट पार्टी दैलेखका ईन्चार्ज दिपेन्द्रले दिनुभयो‌।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal