ट्रेन्डीङ्ग

संसद कण्डेलद्वारा स्वास्थ्य सुरक्षा ख्याल गर्दै दशै मनाउन आग्रह

कार्तिक ८ नवलपरासी । नेपाली कांग्रेसका केन्द्रिय नेता एवम् प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कण्डेलले बिगत बर्षमा भन्दा फरक शैलीमा स्वास्थ सुरक्षाको ख्याल गर्दै दशै मनाउन आग्रह गर्नु भएको छ ।

कण्डेल सामाजिक संजालमा भर्चुअल मार्फत समस्त नेपालीहरुलाइ बिजय दशमी, शुभदिपावली तथा छठ पर्वको मुस्लिम धर्मावलम्बीको पर्व माेहम्मद जयन्तीको हार्दिक सुभकामना व्यक्त गर्नुभएको हाे ।

कण्डेलले देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनीहरुमा बडा दशैकाे अवसरमा सु-स्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना ब्यक्त गर्दै सामाजिक दुरी कायम गरी सतर्कता अपनाइ तडक-भडक नगरी दशै मनाउन अनुरोध गर्नुभएको हाे।

यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको बताउदै कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हुनु पर्ने बताउनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal