ट्रेन्डीङ्ग

धनगढीको उपमहानगरपालिकाको मिलनचोकमा वडा २ र ३ मा विवाद

साउन ३ धनगढी ।
धनगढीको उपमहानगरपालिकाको मिलनचोकमा वडा २ र ३मा विवाद भएको छ । बर्खायाम सुरु भए सङै ढलको उचित ब्यबस्थापन हुन नसक्दा स्थानिय ले बिरोध गरेका छन।

धनगढी उपमानगर वडा नम्बर २ र ३ मा सामान्य वर्षा हुदा पनि डुवानमा पर्ने गरेको छ ।उपमहानगरपालिकाको मुख्य बजारमा पर्ने मिलनचोकमा पनि ढलको ब्यबस्थापन हुन नसक्दा स्थानिय चिन्तित छन ।

स्थानिय जनप्रतिनिधिलाई बारम्बार आग्रह गर्दा पनि स्थानीय जनप्रतिनिधि मौन बस्ने गरेका छन ।
नालाको बिषयलाई लिगेर स्थानियले बिरोध गरेका थिए। विवाद हुन थाले पछि प्रहरि र सशस्त्र टोलि समेत पुगेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?