ट्रेन्डीङ्ग

मरुन एकेडेमीको जनचेतना मुलक गीत सार्वजनिक

नवलपरासी ।
विश्व नैं कोरोनाले आक्रान्त भैरहेको बेला नेपाल पनि यसको प्रभाव बाट अछुतो रहन सकेन फलस्वरूप जन जनमा यस महामारीले नराम्रो सँग मानसिक क्षति पुर्याएको देखिएको छ । यसै सन्दर्भमा मरुन एकेडेमी एंड पर्मामेन्स आर्टले एन पि साउण्डको सहयोगमा जनचेतना मुलक संदेश बोकेको गीत सार्वजनिक गरेको छ ।

आज हो की भोलि हो थाहा छैन जीवन, नगरौं है गरुङ्गो यो मन, यो संसार फेरि उठ्ने छ,हामी पुन यथास्थिति मा आउने छौं, केही धैर्य गरौं जस्ता मन लाई सान्त दिने खालका शब्दले गीतलाई धेरैले रुचाउने र थप चर्चा बटुल्ने अनुमान गरिएको छ ।
पवन अधिकारीको शब्द संगीतमा रहेको उत्त गीत सञ्जय अधिकारीले गाउनु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal