ट्रेन्डीङ्ग

लगातारको वर्षाका कारण सडक अवरुद्ध,बस्ति उच्च जाेखिममा

दयाराम डुम्रे ,जेठ १५ स्याङ्जा

लगातार तीन दिन देखि परेको अविरल बर्षाका कारण स्याङ्जाका अधिकांस ग्रामीण सडकहरू अवरुद्ध भएका छन । सडक अवरुद्ध भएपछि विरामि र खाध्यन्न ओसार पसारमा समस्या आएकाे छ ।

लगातार पानी परिरहेपछि स्याङ्जाको बायाटारिबाट उदियाचाैर कटाैजे हुँदै पिडिखाेला सेतिवेणि जाेड्ने सडक अवरुद्ध भएकाे छ , यसैबीच वालिङ नगरपालिकाका विभिन्न वडामा वर्षाका कारण बस्ति जाेखिममा परेका छन नगरपालिकाकाे वडा न १३ मा रहेको सरस्वती माध्यमिक विद्यालयकाे प्रखाल भत्किएर विद्यालयकाे संरचना झुन्डिएको अवस्थामा छ , त्यसैगरि सिख्रेमा रहेकाे दलित बस्तिमा पहिराे जादा उच्च जाेखिम देखिएकाे छ ।

वडा न १३ कै कटाैजेमा पहिरो जादा ७ घर उच्च जाेखिममा रहेका छन भने डम्बरबहादुर जि टि काे घरगाेठ झुन्डिएको अवस्थामा छ , रातभरि बर्षाका कारण सुत्न नसकेको पिडितहरूकाे भनाईछ ।याे बर्ष सडक बिस्तार भएका कारणले पनि याे क्षेत्रमा बढि पहिराे गएकाे समाजसेवी नमलाल डुम्रेले बताउनुभयाे । जाेखिम रहेको घरहरूलाई सुरक्षित स्थानमा सार्ने विषयमा छलफलमा प्रस्ताव लैजाने वडाध्यक्ष आनन्द पाठकले बताउनुभयाे । उहाले अहिले पलास्टिक र त्रिपालले केही छेक्नका लागि सहयोग गर्ने बताउनुभयाे , बस्ति अवलोकन पश्चात् पिडितहरूकाे गुनासाे सुनेपछि अध्यक्ष पाठकले दुखमा आफु संगै रहेको आश्वासन दिनुभयो ।

घरहरूलाई उच्च जाेखिमबाट हटाउनकाे लागि माथिल्लो निकाएमा झकझकाउने र अाफुलाइ साथ दिन पिडितलाई अनुराेध गर्नुभएकाे छ । यसैविच स्थानिय समाज सेवि नमलाल डुम्रेले सडक विस्तारका क्रममा घरहरू जाेखिममा रहेपछि सडक निर्माणका ठेकदारलाई पर्खाल उठाउन अनुराेध गर्ने बताउनुभयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?