ट्रेन्डीङ्ग

कालीगण्डकी गापामा ४ जना संक्रमित थपिए,संक्रमितको संख्या २४ पुग्यो

वैशाख २३ स्याङ्जा ।स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमित थपिएका छन् । लक्षण सहितका ८ जनाको कोरोना परिक्षण गर्दा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।

एन्टिजेन विधिबाट गरिएको परिक्षणमा संक्रमणको पुष्टि हुनेहरुमा वडा नम्बर २ का २७ वर्षका पुरुष , वडा नम्बर ५ का ६५ र ५८ वर्षका पुरुष र वडा नम्बर १ का ४५ वर्षका पुरुष रहेका छन् । आज थप ४ जना गरि कालीगण्डकी गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमितको सङ्ख्या २४ पुगेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal