ट्रेन्डीङ्ग

वालिङ वडा न.१३को बजार क्षेत्र अनिश्चितकालका लागि शिल

वैशाख २३ वालिङ ।
कोभिड १९ को नया भेरियन्टको संक्रमण रोकथामका लागि स्याङ्जाको वालिङ -१३ बजार क्षेत्र शिल(बन्द) गरिएको छ ।

कोरोना भाईरसको दोस्रो लहर फैलिन नदिन वडास्तरीय विपद व्यवस्थापन समिति तथा स्थानीय व्यापारी बुद्धिजिवी सहित सरोकारवालाको बैठकले अर्को सूचना नआउदासम्म बजार क्षेत्र बन्द गर्ने निणर्य गरेको हो ।

वालिङ न.पा १३ को बजार क्षेत्र ( बायाटारी, झलुङ्गे बजार र थानपाटामा ) कोभिड १९ को नया भिरिएण्ट फैलिन नदिन तथा यसको रोकथाम नियन्त्रण उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन संक्रमण ऐन नियन्त्रण २०२० को दफा २ तथा स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम वडाका बजार क्षेत्रलाई यहि बैसाख २३ देखि अर्को सुचना नआउदा सम्मका लागि पुणर् रुपमा सिल ( बन्द ) गरिएको वडाध्यक्ष आनन्द पाठकद्वारा हस्ताक्षरीत वक्तव्यद्धारा जानकारी दिइएको छ ।

अत्यावश्यक कामको लागि वडा अध्यक्ष को सम्पर्क नं ९८५६०५०५७७ र प्रहरी चौकी थुमपोखराको ९८४६५४७११७ मा सम्पर्क गर्न सकिने सुचनामा जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal