ट्रेन्डीङ्ग

विप्लव नेकपा दैलेखद्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

दैलेख बैशाख २२ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दैलेख आठविस नगरपालिका वडा नं ८ को आयोजनामा पार्टीको जिल्ला कमिटी सदस्य दुर्गा सिजापतिकि आमा नानकली बडुबाल र ठुला बुबा कृष्ण बडुबालको श्रद्धाञ्जली कार्यक्रम सम्पन गरिएको छ।

प्रमुख अतिथि दैलेख सेक्रेटरीका दिपेन्द्रले कोरोना भाईरसको दोस्रो चरणको संक्रमणको बिचमा श्रद्धाञ्जली कार्यक्रममा गरिरहेका छौ। हाम्रो पार्टी पुरानो संस्कार बदल्न चाहन्छ। यसका लागि यो दलाल संसदीय ब्यवस्थालाई अन्त्य गरेर बैज्ञानिक समाजवादी ब्यबस्था स्थापना गर्नुपर्ने कुरा उल्लेख गर्नु भयो।नयाँ ब्यबस्थाले मात्र नयाँ संस्कार थालनी हुने कुरा बताउनु भयो।

कार्यक्रममा अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य प्रकाश, अखिल (क्रान्तिकारी) दैलेखका अध्यक्ष कमरेड सुद्रसन र पार्टी नेता कमरेड क्रान्ति अतिथि रहनु भएको थियो।

श्रद्धाञ्जली कार्यक्रममा दुर्गा सिजापतिको आमा स्वर्गीय श्री नानकली बडुबाल र ठुला बुबा कृष्ण बडुबालको फोटोमा अबिर र माला लगाएर श्रदान्जली गरिएको थियो।

कार्यक्रममा स्वर्गीय आमा नानकलीको नाममा स्थानीय सरस्वती आधारभुत बिद्यालयमा छात्रवृत्तिको लागि पचास हजारको अक्षयकोष खडा गर्ने घोषणा गरिएको छ। कार्यक्रममा उपस्थित सबैलाई मास्क वितरण गरिएको थियो।लोकराज कार्कीको सँञ्चालन र कमरेड बिजुलीको अध्यक्षतामा कार्यक्रममा सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?