ट्रेन्डीङ्ग

अर्घाखाँचीमा भोलि २० गतेदेखि बैशाख ३१ गते सम्म निषेधाज्ञा

अनिल नेपाली बैशाख १९ अर्घाखाँची । कोरोना संक्रमण तीव्र हुँदै गएपछि अर्घाखाँचीमा लकडाउन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय परिसरमा बसेको सर्वपक्षीय बैठकले २० गते सोमबार राती १२ बजेदेखि लागु हुने गरी वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

कोरोनाले हुने क्षति कम गर्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र र सर्वपक्षिय बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जानकारी दिए ।

अत्यावश्यक खाद्यान्न, दुध र तरकारी पसल बिहान ६ बजेदेखि ९ बजेसम्म दिनको एक पटक खुल्नेछन् । त्यस्तै अत्यावश्यक र पास जारी गरिएका सवारीसाधन बाहेक अन्य सवारी चल्न नदिने पनी बैठकले निर्णय गरेको छ ।

अर्घाखाँचीमा हाल १ सय ५६ जना सक्रिय संक्रमित रहेका छन् । कारोनाको दोस्रो लहर चलेपछि जिल्लाका ८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?