ट्रेन्डीङ्ग

स्याङ्जा जिल्लाभर निषेधाज्ञा जारी गर्ने तयारी

तोलाकान्त बगाले
वालिङ, १९ बैशाख ।
स्याङ्जाका तीन पालिकामा निषेधाज्ञा घोषणा गरिने भएको छ । आईतबार जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र तथा जिल्ला सुरक्षा समिति स्याङ्जाको बैठकले जिल्लाका वालिङ, चापाकोट र गल्याङ नगरपालिकामा सोमबार बिहान ६ बजेदेखि बैशाख ३१ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।
विश्वब्यापी महामारीकोरुपमा द्रूत गतिमा फैलिरहेको नयाँ भेरियन्ट कोभिड १९ को सङ्क्रमणका कारण जिल्लामा सक्रीय सङ्क्रमितको दर बढ्दै गएकाले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि १२ दिन निषेधाज्ञा जारी गरिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताउनुभयो ।
सङ्क्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी १२ दिनका लागि वालिङ, गल्याङ र चापाकोट नगरपालिका क्षेत्रहरुमा लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रजिअ नेपालले बताउनुभयो ।
“पछिल्लो समय जिल्लाका तीन पालिकामा सक्रीय सङ्क्रमितको दर उच्च भएकाले सोही पालिकाहरुलाई केन्द्रीत गरेर निषेधाज्ञा घोषणा गरेका हौं” प्रजिअ नेपालले भन्नुभयो, “जिल्लाका अन्य पालिकाहरुमा पनि सङ्क्रमणको दर बृद्धि हुन गई सक्रीय सङ्क्रमितको संख्या दुई सय नाघेकाले पूरै जिल्लालाई नै केही १÷२ दिनभित्रै निषेधाज्ञा गर्ने गरी तयारी थालेका छौं ।”
निषेधाज्ञाका क्रममा अत्यावश्यकबाहेकका सेवा तथा साधनहरुलाई पूर्णरुपमा बन्द गरिएकाले सबैले आ–आफ्नो क्षेत्रबाट आदेशको पालना गर्नुहुन अनुरोध गरिएको प्रजिअ नेपालले बताउनुभयो ।
आदेशको उल्लंघन गर्ने जोकोहीलाई सङ्क्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही हुने उहाँले बताउनुभयो । जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रले निषेधाज्ञा जारी गर्नुपूर्व गएरातिबाट लागू हुने गरी एकसाताका लागि वालिङ नगरपालिकाले जनस्वास्थ्य विपद घोषणा गरेको थियो भने गल्याङ नगरपालिकाले निषेधाज्ञा र चापाकोट नगरपालिकाले गत शुक्रबार रातिबाट अर्को सूचना नहुञ्जेलसम्मका लागि निषेधाज्ञा घोषणा गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal