
सुनवल।जनता सम्झौता बचत तथा ऋण सहकारी संस्था (साकोस) अन्तर्गत शिक्षा उपसमितिको आयोजनामा समूह उपाध्यक्षहरूलाई लेखा सम्बन्धी तालिम दिएको छ।
सुनवल-१२ भूमहीस्थित संस्थाको सभाहलमा समुहका उपाध्यक्षलाई समूह तहमा हुने आर्थिक कारोबारलाई व्यवस्थित,पारदर्शी र जिम्मेवार बनाउने उद्देश्यले समूह लेखाअभिलेख,आम्दानी-खर्च विवरण,बचत तथा ऋण हिसाब र प्रतिवेदन तयारीसम्बन्धी ज्ञान प्रदान गर्न तालिम दिइएको कार्यक्रम संयोजक एव शिक्षा उपसमिति संयोजक सिर्जना भट्टराई पाण्डेय दिइन।
संस्थाबाट सञ्चालित तालिममा २० वटा समूहका उपाध्यक्ष तथा समूह प्रतिनिधिहरूको सहभागिता रहेको तालिमको सहजीकरण संस्थाका प्रमुख व्यवस्थापक पदम प्रसाद पाण्डेयले गरेका थिए।
कार्यक्रममा सस्थाका लेखा सल्लाहकार भविश्वर पराजुली,सस्थाकी उपाध्यक्ष देवकला खनाल,सचिव उमादेवी पंगेनी,बिजुली लुङ्गेली,माया अर्याल लगायतले समूह सञ्चालनमा लेखा व्यवस्थापनको महत्व उल्लेख गर्दै तालिमले सहकारीको पारदर्शिता र वित्तीय अनुशासन मजबुत बनाउने विश्वास व्यक्त गरेका दिए।
कार्यक्रममा संस्थाका पदाधिकारी,सञ्चालक समिति सदस्य, लेखा समिति सदस्य तथा विभिन्न उपसमिति संयोजक र सदस्यहरूको उपस्थिति रहेको थियो।











