ट्रेन्डीङ्ग

नवलपरासीका जित(राम)`द भोइस अफ नेपाल´को नकाउट राउन्डमा प्रवेश

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका -१३ बडेरा निवासी गायक जित बहादुर कामी (राम)`द भोइस अफ नेपाल´को सिजन -७ ब्याटल राउन्डबाट नकाउट राउन्डमा प्रवेश गरेका छन।

हिमालय टेलिभिजन मार्फत शुक्रबार राती प्रशारण भएको भोइसको सिजन-७ को १९ औं एपिसोडमा कोच मेलिना राइबाट सोनमसंग ब्याटल भिँडेका जित नक आउटमा प्रवेश गरेका हुन।

ब्याटलमा सोनाम लामा र उनले चर्चित गायक तथा संगीतकार सालुम लामाको`तिम्रो प्रतीक्षा´बोलको गीत गाएका थिए।

लिल बहादुर सुनार र लालु माया सुनारको कोखबाट जन्मिएका जित सानैदेखी गीत, संगीतमा रुचि र तेक्वान्दो खेलाडी समेत हुन।जित नेपाल प्रतिनिधित्व गर्दै २०७५ सालमा कोरियामा तेक्वान्दो प्रतियोगिता सहभागी भएका थिए । जित बहादुर कामी साथिभाइले र गाउँमा राम उपनामले बोलाउने गर्छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?