ट्रेन्डीङ्ग

सुनवलका हाकिमलाई घर छोडेर फर्किदै गर्दा सरकारी गाडी दुर्घटना

सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको स्कर्पियु गाडी दुर्घटनामा परेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेललाई घर छोडेर फर्किदै गर्दा ०१-००१ झ ०२६ नम्बरको सरकारी गाडी दुर्घटनामा परेको हो।

पौडेलको निजि निवासमा छोडर फर्किदै गर्दा उक्त गाडी पाल्पा सिद्दबाबा मन्दिर क्षेत्रमा दुर्घटनामा परेको भएपनि हालसम्म घटना गुपचुप राखिएको छ । दुर्घटनामा गाडी चालकलाई सामान्य चोट लागेको थियो ।

दुर्घटनाको बिषयमा प्रहरी जानकार नभएको बताइएको छ । सरकारी गाडी दुरुपयोग गरेको भन्दै आलोचना हुने भएकाले दुर्घटनालाई गुपचुप राखिएको बुझिन्छ ।

यस बिषयमा प्रमुख प्रशासकीय अधिकृत पौडेललाई सोध्दा मन्दिर दर्शनका लागि जाने क्रममा दुर्घटनामा परेको बताए।सरकारी गाडी लिएर को गएको थियो भन्ने बारेमा भने उनले खुलाउन चाहेनन।

दुर्घटनाग्रस्त गाडीलाई क्रेनको मद्दतले रुपन्देहीको एक ग्यारेजमा पुर्याएर गोप्यमा मर्मत संभार भैरहेको श्रोतले बताएको छ ।

जिल्लामा सरकारी सवारी साधनको दुरुपयोग बढ्दै गएको भन्दै स्थानीय प्रशासनले कडाइ गर्न खोजेको थियो । तर स्थानीय तहका जनप्रतिनिधि र विशेष गरि प्रमुख प्रशासिय अधिकृतले दुरुपयोग गर्दै आएका छन ।  व्यक्तिगत काम,पार्टी सभा सम्मेलन,विवाह भोज भतेर लगायत व्यक्तिगत कामका लागि गाडी दुरुपयोग हुदै आएको छ ।

सुनवल नगरपालिकाले एकै पटक दुई वटा स्कर्पियो गाडी खरिद गरेपछि व्यापक आलोचना भएको थियो । अहिले नयाँ गाडी नगरप्रमुख र प्रमुख प्रशासकिय तथा कर्मचारीले प्रयोग गर्दै आएका छन । तर उपप्रमुख सुर्य दुवेले भने एकै पटक दुई वटा स्कर्पियो गाडी खरिदमा असन्तुष्टि जनाउदै सरकारि गाडी प्रयोग गरेका छैनन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?