ट्रेन्डीङ्ग

जनता सम्झौता साकोसद्वारा समूह सचिवलाई माइन्युट लेखन तालिम

सुनवल।सुनवल-१२ भुमहीमा अवस्थित जनता सम्झौता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले माइन्युट लेखन तालिम सम्पन्न गरेको छ।सहकारीको महिला विभागको आयोजनामा विभिन्न १८ वटा मासिक बचत समूहका सचिवहरूलाई लक्षित गरी तालिम प्रदान गरिएको हो।

 

कार्यक्रममा सहकारीका अध्यक्ष डोलराज भण्डारीले स्वयं तालिम प्रदान गर्दै सचिवहरूलाई माइन्युट लेखनका तरिका र दक्षता बढाउने उपायहरू सिकाएका थिए। उनले समूह सचिवहरूको क्षमता अभिवृद्धि भए समूहको कामकाज थप पारदर्शी र प्रभावकारी हुने बताए।

 

सहकारीकी सचिव तथा महिला विभाग संयोजक उमादेवी पंगेनीको अध्यक्षतामा सम्पन्न तालिम कार्यक्रममा सस्थाकी उपाध्यक्ष देवकला खनाल, लेखा संयोजक पुष्पा डुम्रे गौतम लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए।

कार्यक्रमको संचालन सहकारीकी कर्मचारी बिन्दु गौतमले गरेकी थिइन। साथै सोहि कार्यक्रमा सस्थाका प्रेस सलाहकार प्रदिप पाठकले जन्मदिनको अवसरमा सहकारीमा रहेको स्टेसनरी बैक कार्यक्रम अन्तर्गत स्टेसनरी सामाग्री अध्यक्ष  डोलराज भण्डारीलाई हस्तान्तरण गरेका थिए।सहकारीले स्टेसनरी सामाग्री बसन्त पन्चमिको दिन  सुनवल-११,१२ र १३ (साबिक रामनगर गाबिस)मा रहेका सामुदायिक विद्यालयमा भर्नाहुने विद्यार्थिलाई वितरण गर्दै आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?