
काठमाण्डौ। गीत “दिदि भाइ” चर्चामा छ। सुमन ढकालको शब्द मिन प्रकाश ओलीले लय रहेको गीतमा अन्जिता विश्वकर्माको एकल स्वर छ। एकल तर्फ गायक मिन प्रकाश ओलीको स्वर रहेको छ। केही समय अघि आएको गीतलाइ अहिलेसम्म ४० हजार माथि टिकटक बनेका छन् भने युटुवमा ७३ हजार बढि भ्युज पाएको छ।
चर्चा सार्वधिक भएपनि युटुवमा भ्युज भने कम देखिएको हो। गीत प्रदेशी आधारित बनेको छ भने दिदिले भाइलाइ आफ्नै देशमा बोलाउछिन्। गीतको कथामा भाइलाइ विदेशिले बन्धक बनाएको हैरान बनाएको मौलिक शब्द गासिएको छ। उस्तै मिठो भाका बन्दा दर्शक रोइरहेका छन्। मौलिकता बोकेको यो गीतमा अन्जिताको स्वरले धेरैलाइ मनमा छोएको छ। विष्णु माझीको आवाजको झल्को दिलाउने स्वर भनेर धेरै कमेन्ट सेयर गरिरहेका छन्। स्वरको निकै कदर गरिरहेको बेला उनि यतिबेला चर्चामा छिन्।
समय सान्दर्भिक अनुसार बनेको गीतको भिडियोमा जुना कार्की बाबुराम सुनारले दर्दनाक अभिनय गरेका छन्। एकल आवाजमा रहेको यो गीतले गाँउ सहरसम्म लोकप्रियता कमाएको छ। राजेश बोहराले छायांकन अमित बिक ले सम्पादन गरेको भिडियोलाइ मिन प्रकाश ओलीले कथा/निर्देशन गरेका हुन्। ढकालको युटुवमा पुरा गीत हेर्न सकिन्छ। गीतलाइ सागर पराजुलीले विशेष सहयोग गरेका छन्।
पुरा भिडियो ढकालको युटुवमाः











