ट्रेन्डीङ्ग

सरावल-७ को नवनिर्मित वडाभवन उद्घाटन

परासी।पश्चिम नवलपरासीको सरावल गाउँपालिका–७ मा नवनिर्मित वडा कार्यालय भवन एक औपचारिक समारोहका बीच उद्घाटन गरिएको छ।

भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री तथा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले तत्कालीन सरकार भ्रष्टाचारमा मुछिएको कारण भदौ २३ र २४ गते युवा पुस्ताले आन्दोलन गर्नुपरेको टिप्पणी गरे। उनले संविधान निर्माणको समयदेखि नै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राष्ट्रपतिको अवधारणाको चर्चा भए पनि कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै, “यो देशको इतिहास निरंकुशताका विरुद्धको संघर्षको इतिहास हो,” भनेर जोड दिए।

कार्यक्रम सरावल-७ का वडा अध्यक्ष हयात खाँ धुनियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका प्रवक्ता तथा वडा नं ४ का अध्यक्ष सुरेश प्रसाद यादव, वडा नं ६ का अध्यक्ष छोटेलाल गुप्ता, गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्र, जनता प्रगतिशील पार्टीका जिल्ला अध्यक्ष राधेरमण पाण्डे, सुभान अली अन्सारी, ओमप्रकाश हरिजन लगायतले बोलेका थिए।

कार्यक्रमको सञ्चालन गाउँपालिका लेखापाल नरेश कोहारले गरेका थिए भने स्वागत मन्तव्य भुजहवा स्वास्थ्य चौकीका मोहन प्रसाद चौधरीले राखेका थिए।

वडा अध्यक्ष खाँका अनुसार संघीय सरकार र गाउँपालिकाको ५०/५० प्रतिशत लागत साझेदारीमा निर्माण भएको भवनको काम मिति २०८० साल फागुन १४ गतेदेखि सुरु भई २०८२ साल जेठ १८ गते सम्पन्न भएको हो। भवन निर्माणमा कुल लागत रु. १ करोड ५२ लाख ६ हजार ७०१ खर्च भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal