ट्रेन्डीङ्ग

सुनवल -१३ बडेरा सुन्दरबस्तीमा जारी लोक सांस्कृतिक महोत्सवको लोकदोहोरी उपाधि म्यादीलाई

सुनवल।पश्चिम सुनवल–१३ बडेरा सुन्दर बस्तीमा जारी तेस्रो लोक सांस्कृतिक,धार्मिक पर्यटन तथा व्यापार महोत्सवअन्तर्गत सम्पन्न खुला लोकदोहोरी प्रतियोगितामा म्यादी लोकदोहोरी समूहले पहिलो स्थान हासिल गरेको छ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीको आयोजनामा लोकदोहोरी प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा म्यादीले धादिङलाई पराजित गर्दै उपाधि जितेको हो।

 



विजेता समूह म्यादीले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने द्वितीय बनेको धादिङले ५० हजार रुपैयाँ पाएको छ।तेस्रो स्थानका लागि नवलपरासी र काठमाडौंबीच प्रतिस्पर्धा हुँदा दुवै समूहले समान अंक हासिल गरेपछि दुवैलाई तेस्रो पुरस्कार प्रदान गरिएको अध्यक्ष श्यामकला भण्डारीले जानकारी दिइन्।तेस्रो स्थानका विजेताले ३१ हजार रुपैयाँ र सान्त्वनाका रूपमा प्रदान गरिएको पुरस्कार २१ हजार रुपैयाँ रहेको छ।

 



प्रतियोगितामा कुल १६ टिम सहभागी भएका थिए।महोत्सवमा लोकदोहोरी प्रतियोगितासँगै लोक गीत, लोक नृत्य, बाल उद्यान, विभिन्न जातजाति र भाषाभाषीको सांस्कृतिक प्रदर्शन पनि प्रमुख आकर्षणका रूपमा रहेका छन।

 



लोकसंस्कृतिको संरक्षण र नवलपरासीका धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्नुका साथै निर्माणाधीन लोक सांस्कृतिक संग्रहालयका सहयोगार्थ महोत्सव आयोजना गरिएको मेला व्यवस्थापन संयोजक राजकुमार श्रेष्ठले जानकारी दिए।

 

 



संग्रहालय निर्माण सुनवल-११ मामी सतीसवरीयामा सुरु भइसकेको छ। असोज २३ गतेदेखि संचालित महोत्सव कात्तिक २ गतेसम्म सञ्चालन हुने जनाएको छ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal