
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–१ सिसहानीयाबाट प्रहरीले श्रीमान-श्रीमतीसहित तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेहरू पोखरा महानगरपालिका-२ का २१ वर्षीय रोहित सेन्चुरी, उनकी १८ वर्षीया श्रीमती असिदा बेगम (रोइरा सेन्चुरी) र ३९ वर्षीय बादल बस्याल रहेका छन।
सिसहानीयाको भित्री सडकमा शंकास्पद अवस्थामा हिडिरहेकाे अवस्थामा चेकजाँच गर्नेक्रममा उनीहरूले बाेकेकाे झाेलाबाट विभिन्न नामका ३९६ क्याप्सुल र एम्पुल लागुओैषध बरामद भएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी विरदत्त पन्तले जानकारी दिए ।
प्रहरीले उनीहरूमाथि लागुऔषधसम्बन्धी मुद्दा चलाएको छ।