ट्रेन्डीङ्ग

जेनजीको नाममा आपराधिक समुहले आगजनी तोडफोड गरे:पूर्वमन्त्री त्रिपाठी

परासी।जनता प्रगातिशिल पार्टीका केन्दिय अध्यक्ष तथा पूर्वमन्त्री हृदेश त्रिपाठीले नेताहरुको व्यक्तिगत सम्पती भएको आगजानी आपराधिक समूह र तस्काहरुले गरेको दाबि गरेका छन।

पूर्वमन्त्री त्रिपाठी, लुम्बिनी प्रदेश सांसद एवं पूर्वमन्त्री देव कलवार र प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले मंगलबार संयुक्त पत्रकार सम्मेलन गर्दै जेनजी प्रदर्शनको क्रममा नेताहरूको व्यक्तिगत सम्पत्तिमा भएको आगजनी र तोडफोड आपराधिक समूह र तस्करहरूले गरेको बताएका हुन।

उनिहरुले भने, “निर्वाचन क्षेत्र १ मा लक्षित गरेर नेताहरूको घर, कार्यालय र अन्य सम्पत्तिमा आगजनी गर्नेहरू आपराधिक समूह र तस्काहरू हुन्। हामीले प्रहरी प्रशासनलाई भिडियो क्लिपसहित किटानी जाहेरी दिएका छौं।”तीन नेताले प्रशासनलाई एक हप्ताभित्र दोषीहरूमाथि कारबाही गर्न समय सीमा दिएको र नभए जनताबाट जनर्वाहीको चेतावनी दिएका छन्। त्रिपाठीले थपे, “नेताहरूले अब सुध्रिन आवश्यक छ, अन्यथा नेपालमा फरक स्थिति उत्पन्न हुन सक्नेछ।”

लुम्बिनी प्रदेशका मन्त्री कलवारले पनि देशमा शान्ति र न्याय कायम गर्न दोषीहरूमाथि कडाइ गर्न सरकारसँग माग गरेका छन् भने उनले  आगजानी गर्ने संग्लन व्यक्तिहरुलाई तथ्य सत्य छानबिन गरी कानून काठघरमा उभिनुपर्ने  प्रशासनलाई भनेका छौ कलवारले भने।

त्यस्तै प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले नेताको व्यक्तीगत सम्पत्तीमाथि गरीएको आगजानी तथा तोडफोडमा संग्लनलाई पहिचान खोजी गरी कानूनी काठघारामा ल्याउनुपर्नेमा प्रशासनसंग माग गरेको बताउदै उनीहरुलाई छानबिन गरी अम्बिलब कर्वाही र हाम्रो जिवधन सुरक्षा प्रशासनले गर्नुपर्छ।

जिल्लामा  भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा करिब ५० वटा बढी सर्वजनिक सम्पत्ति, निजी र संस्थाका संरचनामाथि तोडफोड र आगजनी भएको  थियो । जेनजी प्रर्दशनको क्रममा रामग्राम नगरपािलका बर्दघाट नगरपालिका सुनवल नगरपालिका प्रतापपुर गाउँपालिका नेताहरु निजी सम्पती ,घरहरुमा स्थानिय तह,वडा कार्यालय जिल्ला समन्वय समिती मन्त्री, पूर्वमन्त्री नेताको घरमा आगजनी र तोडफोड भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?