ट्रेन्डीङ्ग

भुमही रिकन्डिसन सेमिफाइनलमा

भुमही।भुमहीमा जारी प्रथम स्व. बिमल–बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगितामा भुमही रिकन्डिसन सेमिफाइनलमा प्रवेश गरेको छ।चौथो क्वाटरफाइनलमा भुमहीले बर्दघाट पालडाडामाथि ४–० गोलको जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।

 

यो जितसँगै रिकन्डिसन अब फाइनल प्रवेशका लागि आयोजक राइजिङ स्टारसँग भदौ ३१ गते मंगलबार भिड्नेछ।

 

पहिलो सेमिफाइनल खेल भने भदौ ३० गते  सोमबार  जनशक्ति युवा क्लब बडेरा र उदय युवा क्लब बर्दघाट बीच हुने छ। प्रतियोगिताका खेलहरू भदौ २३–२४ गतेको जेनजी आन्दोलनका कारण रोकिएका थिए, अहिले पुनः सञ्चालन भएको आयोजकले जनाएको छ।

 

प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ। विजेताले नगद रु ५० हजार ५१ सहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले रु २५ हजार ५१ सहित ट्रफी पाउनेछन्। त्यस्तै, म्यान अफ द म्याच, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई समेत पुरस्कार प्रदान गरिनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?