ट्रेन्डीङ्ग

जनसेवा मावि विसासयमा व्यवस्थापन समितिको अध्यक्षमा न्यौपाने

सुनवल।पश्चिम नवलपरासीको सुनवल-६ विशासय स्थित जनसेवा माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा लेखनाथ न्यौपाने चयन भएका छन।अध्यक्षमा न्यौपाने सहित सदस्यहरुमा हेमराज पौडेल, सबिना नेपाली र मधु पौडेल क्षेत्रीलाई चयन गरेको थियो।

आइतबार बसेको सदस्यहरुको पहिलो बैठकले अभिभावक सदस्यका रुपमा कमला न्यौपाने र जितबहादुर बुढाथोकी दुई जनालाई मनोनित गरेको छ।

६ जना सदस्य र प्रधानाध्यापकसहित बसेको बैठकले जेष्ठ सदस्य हेमराज पौडेलको अध्यक्षतामा सर्वसम्मत रूपमा लेखनाथ न्यौपानेलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गरेको हो।

व्यवस्थापन समितिमा एक जना शिक्षक प्रतिनिधि,उद्योग वाणिज्य संघबाट दुई जना तथा विद्यार्थी प्रतिनिधिबाट दुई जना चयन भएपछि समिति पूर्ण हुने विद्यालयका सूचना अधिकारी एवं सहायक प्रधानाध्यापक चन्द्रकान्त पाठकले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?