ट्रेन्डीङ्ग

जेनजी आन्दोलनपछि स्मृति कप फुटबल पुनः सुरु, भोलि चौथो क्वाटरफाइनल

भुमही।भुमहीमा जारी प्रथम स्व. बिमल–बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगितामा चौथो क्वाटरफाइनल आइतबार रिकन्डिसन भुमही र बर्दघाट पालडाडाबीच हुने भएको छ।

भदौ २३–२४ गतेको जेनजी आन्दोलनका कारण रोकिएको खेल अब पुनः सुरु हुन लागेकाे हो।

प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ।

विजेताले नगद रु ५० हजार ५१ सहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु २५ हजार ५१ सहित ट्रफी पाउनेछन्। त्यस्तै, म्यान अफ द म्याच, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई समेत आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal