
भुमही।भुमहीमा जारी प्रथम स्व. बिमल–बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगितामा जनशक्ति युवा क्लब फाइनलमा प्रवेश गरेको छ।
आज सम्पन्न पहिलो सेमिफाइनलमा जनशक्तिले उदय युवा क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो। यो जित संगै जनशक्ति उपाधि भिडन्तका लागि प्रवेश गर्ने पहिलो टोली बनेको छ।
दोस्रो सेमिफाइनल खेल भोलि भदौ ३१ गते आयोजक राइजिङ स्टार र भुमही रिकन्डिसनबीच हुनेछ।विजयी टोलीले जनशक्तिसँग फाइनल खेल्नेछ।आजको खेलमा जनशक्तिका गोल रक्षक निशान थापा म्यान अफ द म्याच घोषित भए।
१६ टोली सहभागी प्रतियोगिताको विजेताले नगद रु ५० हजार ५१ सहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद रु २५ हजार ५१ सहित ट्रफी पाउनेछन्। साथै, म्यान अफ द म्याच, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।