ट्रेन्डीङ्ग

रामनगरका युवाहरूको माग : वडाले पूरा गर्ने प्रतिबद्धता,मेयरसँग छलफल बिना कार्यालय नखुल्ने

सुनवल।पश्चिम नवलपरासीको सुनवल-११, १२ र १३ (साबिक रामनगर गाबिस) का युवाहरूले वडा कार्यालय नखोल्ने अडान लिएका छन।जेनजीले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा युवाहरुले वडा कार्यालयहरुमा तालाबन्दी गरेका थिए। शनिबार  आज नगर उपप्रमुख सुर्य प्रसाद दुबे सहितको जनप्रतिनिधि टोलीसँगको छलफलमा युवाहरूले मेयरसँग प्रत्यक्ष वार्ता नगरी कार्यालय खोल्न नदिने चेतावनी दिएका हुन।

वार्तामा नगर उपप्रमुख दुबेसहित नगर प्रवक्ता तथा वडा-१३ का अध्यक्ष कृष्ण प्रसाद बगाले,वडा-१२ का अध्यक्ष चुरामणि पौडेल(दिपक), वडा-११ का अध्यक्ष कमल चूवाई र कार्यपालिका सदस्य भगवती बस्याल उपस्थित थिए।युवाहरूले वडाले आफ्नो मातहतका सबै मागहरू पूरा गर्ने ठोस प्रतिबद्धता जनाउनुपर्ने अडान राखेका छन ।

युवाहरूले प्रस्तुत गरेका प्रमुख मागहरूमा रामनगर क्षेत्रमा खेल मैदान निर्माण, वडा युवा क्लब, खेलकुद क्लब गठन एव खेल प्रशिक्षक र तालिम, स्वास्थ्य चौकी स्तरोन्नति, पालिका स्तरमा युवा परिषद र खेलकुद शाखा गठन,विद्यालयमा प्राविधिक शिक्षा, रोजगार र सीपमूलक तालिम, सडक र ढल व्यवस्थापन, सार्वजनिक पार्क निर्माण, कृषि मल-बीउ वितरण, सामाजिक-सांस्कृतिक कार्यक्रम सञ्चालन, बजेट बिकासमा प्रादर्शिता भ्रष्टाचारमा शुन्य शहनशिलता साथै वडा भित्र रहेका सामाजिक संघ सस्थामा अनिवार्य युवा प्रतिनिधिको सहभागिता हुनुपर्ने जस्ता मागहरु समावेश छन।

वार्तामा उपप्रमुख सहित वडा अध्यक्षहरुले वडा बाट हुने सबै माग पुरा गर्ने प्रतिवद्धता जनाएका छन् भने नगरपालिका बाट हुने कामलाई वार्ता र सल्लाह गरि अगाडी बढ्ने धारण राखेका थिए।त्यसैगरि यता युवाहरूले वडा कार्यालय सञ्चालन गर्नुअघि मेयर बिमला अर्याल संग आफ्ना मागहरू पूरा गर्ने स्पष्ट योजना र लिखित प्रतिबद्धता आवश्यक रहेको बताए।उनीहरुले भने मेयर संग वार्ता नहुन्जेल वडा कार्यालय खोल्न नदिने चेतावनी दिएका हुन्न।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal