
परासी।करदाता सेवा कार्यालय नवलपरासीले चालु आर्थिक वर्ष २०८१/८२ मा झण्डैं ८० प्रतिशत राजस्व संकलन गरेको छ।चालु वर्षमा कूल १ अर्ब ३८ करोड संकलन गर्ने लक्ष्य लिइएकोमा कार्यालयले १ अर्ब १२ करोड संकलन गरेको सूचना अधिकारी बसन्त पौडेलले जानकारी दिए।
आयकरतर्फ ५४ करोड ४३ लाख, घरभाडा तथा सवारीसाधनबाट ८६ लाख ६ हजार, ब्याज करबाट ४ करोड ४० लाख, मूल्य अभिवृद्धि कर (भ्याट) बाट ४ करोड ४८ लाख र अन्तशुल्कतर्फ ७ करोड ५७ लाख संकलन भएको छ।
गत आर्थिक वर्षमा १ अर्ब २२ करोडको लक्ष्य लिइए पनि १ अर्ब ५ करोड मात्र संकलन भएको थियो। कार्यालयले हालसम्म २३ हजार ७१९ करदातालाई सेवा दिएको छ।वार्षिक ५० करोडभन्दा कम कारोबार गर्ने उद्योग, फर्म र प्रतिष्ठानहरूले यही कार्यालयमार्फत राजस्व बुझाउने गरेका छन।