
भुमही।भूमहीमा जारी प्रथम स्व. बिमल–बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगितामा उदय युवा क्लब बर्दघाटले सहज जित हासिल गरेको छ।
छैटौँ दिनको खेलमा उदय युवा क्लबले मोंस्टर सुनवललाई २–० गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको हो। खेल अवधिभर मोंस्टरले दबाब सिर्जना गरे पनि गोल गर्न असफल रह्यो।
आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेका उदय युवा क्लबका मनिष चौधरी म्यान अफ द म्याच घोषित भएको आयोजकले जनाएको छ ।
१६ टोली सहभागी प्रतियोगिताको विजेताले नगद रु. ५० हजार ५१ सहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु. २५ हजार ५१ सहित ट्रफी पाउनेछन्। साथै, म्यान अफ द म्याच, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।