ट्रेन्डीङ्ग

किसान कृषि सहकारीका कर्मचारी तलब नपाएपछि धर्नामा

सुस्ता।पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–७ शिवपुरगढीस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडका कर्मचारी तलब तथा सेवा–सुविधा नपाएको भन्दै धर्नामा बसेका छन।साउन १ गतेदेखि पारिश्रमिक नपाएपछि भदौ १७ गतेदेखि कार्यालय अगाडि धर्नामा बस्न बाध्य भएको कर्मचारीहरूले बताएका छन।संस्थामा कार्यरत ८ जना सम्पूर्ण कर्मचारीले सेवाप्रवाह समेत रोकेर धर्ना थालेका हुन् ।

व्यवस्थापक सरिता शर्मा भट्टराईका अनुसार सहकारीको सञ्चालक समितिले कर्मचारीलाई आधिकारिक जानकारी नदिएको, हाजिरी गर्न रोकेको र पाउने पारिश्रमिकसमेत रोकिएको कारणले आन्दोलनमा जान बाध्य भएको हो । “हामीलाई तलब–सुविधा दिइएको छैन, उल्टै निकाल्ने हल्ला गरिएको छ । यसरी काम लगाएर पारिश्रमिक नदिई बदनाम गर्ने कार्य भएकोले धर्नामा बस्नुपर्‍यो,” व्यवस्थापक शर्माले भनिन् ।

कर्मचारीहरूले आफूलाई गलत काम गरेको, हिसाबकिताब नमिलाएको भन्दै समितिले बाहिर बदनाम गरेको गुनासो पनि गरेका छन् । उनीहरूले पारिश्रमिक आफ्नो अधिकार भएको भन्दै तुरुन्तै निकास निकाल्न आग्रह गरेका छन् ।

यस विषयमा संस्थाका अध्यक्ष सरस्वती बस्नेतले भने, “कर्मचारी किन धर्नामा बसेका हुन् भन्ने समितिलाई पनि ठ्याक्कै थाहा छैन । उनीहरूले नेपाल सरकारको लोकसेवा आयोगका कर्मचारी सरह सुविधा माग गरेका छन्, जसमा कुरा बाझिएको हो । तर समितिको बैठक बसेर चाँडै निकास निकाल्ने तयारी छ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal