ट्रेन्डीङ्ग

रिकन्डिसन भुमहीको शानदार जित

सुनवल।भुमहीमा जारी प्रथम स्व.बिमल–बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगितामा रिकन्डिसन भुमहिले  सम्झना युवा क्लब हर्दियामाथि ४–२ गोलले पराजित गर्दै शानदार सुरुवात गरेको छ।

 

खेलको सुरुवातमै चौथो मिनेटमा सम्झनाका खेलाडीले गोल गर्दै अग्रता लिए। तर त्यसपछि रिकन्डिसनले आक्रामक खेल प्रस्तुत गर्दै २० औँ मिनेटमा नीर मगरले पेनाल्टीमार्फत बराबरी गोल गरे भने २३ औँ मिनेटमा दुर्गा पोखरेलले अर्को गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए।

 

दोस्रो हाफमा उपेन्द्र पुनले १३ औँ र २० औँ मिनेटमा लगातार दुई गोल गर्दै रिकन्डिसनको अग्रता फराकिलो बनाए। सम्झनाका सचिन खत्रीले १६ औँ मिनेटमा गोल फर्काए पनि खेल ४-२ कै नतिजामा सकियो।

 

प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ। विजेताले नगद रु ५० हजार ५१ सहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु २५ हजार ५१ सहित ट्रफी पाउनेछन्। त्यस्तै, म्यान अफ द म्याच, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई समेत आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal