ट्रेन्डीङ्ग

रामग्राम नगरपालिकाले पूर्व मेयर सहित १५ जनाको घर टहरामा चलायो डोजर

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सदरमुकाम परासीस्थित वडा नम्बर २ को हाटबजार क्षेत्रमा अतिक्रमण भएको भन्दै संरचना हटाएको छ।

 

नगरपालिकाले मंगलबार डोजर प्रयोग गरी १५ घर–टहरा र पर्खाल भत्काएको वडा अध्यक्ष निरज रौनियारले जानकारी दिए। यसअघि सात दिने सूचना जारी भए पनि अतिक्रमण हटाइएनपछि कारबाही गरिएको नगरपालिकाले जनाएको छ।

 

पुर्व मेयर नरेन्द्र गुप्ताको घरको वाल सहित,स्थानीय शैलेन्द्र कुमार गुप्ता, बृजेश कहार, तैअव अलि, कमरुद्धिन मियाँ, घनश्याम कहाँर नाथु धोव, सरिता हरिजन, अमिन अलि धुनिया, जालिम अलि धुनिया, निजामुद्धिन कुरेसी, राम परिखन धोवी, अनारी अन्सारी, पवन कुमार चमार, फिरोज कुरेसी, नथई डोमले अतिक्रमण गरेको भन्दै नगरपालिकाले संरचना हटाउन १५ दिन अगाडी सुचना जारी गरेको थियो ।

 

दुईवटा पक्की र अन्य टिन तथा खपडाले छाएका कच्ची घरसहित केहीको बाउन्ड्रीवाल पनि भत्काइएको हो। घर–टहरा भत्काइएकामध्ये केहीको आफ्नै जग्गा नभएकाले तत्कालका लागि नगरपालिकाले वैकल्पिक व्यवस्था गर्ने जनाएको छ।

हाटबजार क्षेत्रमा बढ्दो चापका कारण साप्तहीक बजार लागेको समयमा सवारी पार्किङ्ग निर्माण गर्न, सौर्न्दयकरण लगायतका कार्यका लागी अतिक्रमित संरचना हटाएको नगरपालिकाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?