
भुमही।पश्चिम नवलपरासीको भुमहीमा जारी प्रथम स्व. बिमल/बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगितामा भुतहा एफसीले योंग ब्वाइजलाई ३-१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
खेलको सुरुवातमै देवदहका समुद्र ज्ञावालीले गोल गर्दै योंग ब्वाइजलाई अग्रता दिलाएका थिए। तर केही मिनेटमै भुतहाका राष्ट्रिय खेलाडी समेत रहेका बिमल घर्तीले बराबरी गोल फर्काए।त्यसपछि डेविड थापा र किशोर दर्लामीले समान एक/एक गोल गर्दै टोलीलाई सहज जित दिलाए।आजको खेलमा बिमल घर्ती म्यान अफ द म्याच घोषित भए।
प्रतियोगितामा १६ टोली सहभागी छन्। विजेता टोलीले नगद रु ५० हजार ५१ सहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु २५ हजार ५१ सहित ट्रफी पाउनेछन्। त्यस्तै, म्यान अफ द म्याच, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
भोलिको खेल सम्झना युवा क्लब हर्दिया र रिकन्डिसन भुमहीबीच हुने आयोजकले जनाएको छ।