
सुनवल।पश्चिम नवलपरासीको सुनवल-४ स्थित रमावापुर माध्यमिक विद्यालयमा अभिभावक भेला तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष शालिकराम सापकोटा अध्यक्षतामा र पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य खडग बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
प्रमुख अतिथि बस्नेतले विद्यालयको भौतिक संरचना र शैक्षिक गुणस्तर उल्लेखनीय सुधार भएको बताए। उनले विद्यार्थी, शिक्षक, अभिभावक र समाजको साझेदारीले विद्यालयको शैक्षिक स्तर सुधार भएको बताए। विद्यालयले सिकाइलाई गुणात्मक र प्रतिस्पर्धात्मक ढंगले अघि बढाउने तयारी गरिरहेको बताउदै विद्यार्थीमा मोबाइलको लत घटाएर अध्ययन, खेलकुद र नयाँ कुरा सिक्न प्रेरित गर्ने योजना रहेको बस्नेतको भनाई छ।
सुनवल नगर उपप्रमुख सूर्य दुवेले विद्यालयले कानुन र नियम काम गरेकाले उत्कृष्ट नतिजा आएको उल्लेख गर्दै, कामलाई परिस्कृत बनाउँदै अवरोध सिर्जना गर्ने प्रयासलाई रोक्न सबैले एक जुट हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा वडा अध्यक्ष बालकृष्ण पंगेनी, व्यवस्थापन समिति महासभा सदस्य सुर्य प्रसाद न्यौपाने, महाकवि देवकोटा क्याम्पस अध्यक्ष कृष्ण प्रसाद लामिछाने, विद्यालय सल्लाहकार यज्ञ पाण्डेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। प्राचार्य धुब्र घिमिरेले आर्थिक वर्ष २०८१/८२ को करिब ५ करोड बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरे।
हाल विद्यालयमा बाल शिक्षा देखि कक्षा १२ सम्म ९१४ विद्यार्थी अध्ययनरत छन्।