ट्रेन्डीङ्ग

जनपत्रकार संगठन नेपाल अछामको अध्यक्षमा बुढा

बैशाख १२ अछाम ।
जनपत्रकार संगठन नेपाल अछामको अध्यक्षमा खेमराज बुढा चयन हुनु भएको छ ।  प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो ऐक्यवद्धता मानव अधिकार रक्षा र सामाजिक उत्तरदायित्वका लागि जनपत्रकारिता भन्ने मूल नाराका साथ जनपत्रकार संगठन नेपाल अछाम जिल्लाको साफेबगर नगरपालिकामा प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल कम्युनिस्ट पार्टीका अछाम जिल्ला इन्चार्ज तपेन्द्र तिमिल्सैन ले कार्यक्रमलाई सम्बोधन गर्दै एकिकृत जनक्रान्ति को कार्यदिशा मा क्रान्तिकारी मिसन पत्रकारिता र जन पक्षीय पत्रकारिता को ठूलो महत्व रहेको र जनपक्षीय पत्रकार हरुले क्रान्ति आन्दोलनमा निर्णायक भूमिका खेल्ने बताएका छन । उक्त भेलाबाट अध्यक्ष खेमराज बुढाको नेतृत्वमा उपाध्यक्ष सुरेश रावत, सचिब अर्जुन लुहार, सह सचिव बिनिता तिरुवा , कोषाध्यक्ष कमल विक लगायत १५ सदस्सिय कार्यसमिति निर्वाचित भएको छ ।

खेमराज बुढाको अध्यक्षतामा बसेको भेलामा प्रमुख अतिथि जिल्ला इन्चार्ज तपेन्द्र तिमिल्सेना, अतिथिहरुमा जनपत्रकार संगठन नेपाल सेम ब्युरो संयोजक प्रकाश थापा,जिल्ला सचिव निरक शाही लगायत अन्य नेताहरूको गरिमामय उपस्थिति रहेको थियो ।स्वागत मन्तव्य सुरेश रावतले राख्नु भएको थियो भने कार्यक्रमको संचालन अर्जुन लुहारले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?