ट्रेन्डीङ्ग

कक्षा १२ को नतिजा सुनवलमा ५४.७० प्रतिशत उतीर्ण, वाक्वाणि मावि नगर प्रथम

सुनवल।राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफल अनुसार सुनवल नगरपालिकामा ५४.७० प्रतिशत विद्यार्थी मात्र उतीर्ण भएका छन। नगर शिक्षा शाखाले सार्वजानिक गरेको तथ्यांक अनुसार नगरका  १२ विद्यालयबाट १ हजार ३९ जना विद्यार्थी सहभागी भएकोमा ५ सय ९७ जना मात्रै पास भएका हुन।

 

सार्वजानिक नतिजाको आधारमा वाक्वाणि माध्यमिक विद्यालय, जर्गाहा ८०.३६ प्रतिशत नतिजा सहित नगरमा प्रथम भएको  छ।यसअघि एसईईको नतिजामा पनि शतप्रतिशत विद्यार्थी उतीर्ण गराउँदै वाक्वाणिले जिल्ला प्रथम प्रथम भएको थियो।गतवर्ष कक्षा  १२ को नतिजामा ध्यान्यचल माध्यमिक विद्यालय ७२.७३  प्रतिशत नतिजासहित जिल्ला प्रथम भएको थियो।वाक्वाणी माध्यमिक विद्यालय, जर्गाहा ५६ जना विद्यार्थी परिक्षामा सहभागी भएका मध्य ४५ जना उत्तीर्ण हुदा ११ जना ननग्रेड भएका छन। ८०.३६ प्रतिशत उत्तीर्ण  नतिजा सहित वाक्वाणी विद्यालय प्रशासनले जिल्ला प्रथमको समेत दाबि गरेको छ।

 

जनसेवा मावि, विशासय ६७.५० प्रतिशत उत्तीर्ण दोस्रो स्थानमा हुदाँ महाकवि देवकोटा मावि, सुनवल ६७.१० प्रतिशत नतिजासहित तेस्रो स्थानमा परेको छ।यसपटक लुम्बिनी मावि, सुनवल को नतिजा अत्यन्तै कमजोर देखिएको छ।१ सय ५ जना सहभागीमध्ये केवल १७ जना मात्र पास भएका छन् भने ८८ जना विद्यार्थी ग्रेडवृद्धि (NG) सूचीमा परेका छन।

 

नगरपालिकाभित्र रहेका १२ विद्यालयमध्ये २ वटा संस्थागत (निजी) र १० वटा सामुदायिक विद्यालय हुन्।प्राप्त नतिजा अनुसार यसबर्ष पनि सामुदायिक विद्यालयहरूको नतिजा संस्थागत विद्यालयको तुलनामा अब्बल देखिएको छ।

बाकि नतिजा:

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal